नयाँ स्वरुपको कोरोना पुरानो रुपको भन्दा ७० प्रतिशत बढी संक्रामक !!!

काठमाडौं:  बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै विश्वमा नै कोरोना भाइरस नियन्त्रणमा चुनौती थपिएको छ । नेपालमा पनि नयाँ स्वरुपको कोरोना भाइरस छ वा छैन भनेर अनुसन्धान गर्नुपर्ने आवश्यकता विज्ञले औंल्याएका छन् ।

दक्षिण पूर्वी बेलायतमा देखापरेको नयाँ प्रजातिको कोरोना भाइरस अहिलेको भन्दा ७० प्रतिशत बढी फैलिन सक्ने क्षमताको भएको देखिएको छ । नयाँ नयाँ स्वरुपको कोरोना भाइरसले बालबालिका तथा दीर्घ रोग नभएका व्यक्तिलाई समेत असर पार्ने अध्ययनका क्रममा देखिएको छ । तर यो भाइरस कति घातक छ भन्ने विषयको भने अध्ययन हुन बाँकी छ । वातावरण अनुसार भाइसरले स्वरुप परिवर्तन गर्ने भएकाले चीनको वुहानमा देखिएको कोरोना भाइरसभन्दा हाल बेलायतमा देखिएको कोरोना भाइरसको प्रजाति फरक देखिएको हो । विज्ञहरुका अनुसार भाइरसले स्वरुप परिवर्तन गर्ने क्रममा कुनै घातक किसिमको भाइरस बन्ने गर्दछ भने कहिले नरम प्रजातिको भाइरस बन्ने गर्दछ ।

गतवर्ष चीनको वुहानबाट देखापरेको कोरोना भाइरस हालसम्म नियन्त्रणमा आउन सकेको छैन । यसैगरी विभिन्न मुलकमा कोरोना भाइरसको विभिन्न लहर समेत आएका देखिएको छ । बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरससँगै विश्वमा नै यसको नियन्त्रणमा थप चुनौति थपिएको छ । जसका कारण विश्वका करिब चालिसवटा विभिन्न मुलकले कोरोना भाइरस नियन्त्रणका लािग बेलायतबाट आउने उडानमा समेत प्रतिवन्ध लगाएका छन् । नेपाललो पनि बेलायतको उडानमा प्रतिबन्ध त लगाएको छ । तर भाइरस उडान प्रतिवन्ध लगाएको अगाडि नै देखिएकाले गत दश दिन अगाडी बेलायतबाट आएका व्यक्तिलाई सम्पर्क गरी आइसोलेसनमा राख्नुपर्ने तथा भाइरसको अनुसन्धान समेत हुनपर्ने विज्ञहरु बताउँछन् ।

कोरोना भाइसको नयाँ प्रजाती देखिएसँगै विश्वमा नै कोरोना संक्रमण नियन्त्रणका लागि थप चुनौति थपिएको छ । यस्तो अवस्थमा नेपालमा पनि कोरोना नियन्त्रणका लागि भाइरसको स्वरुप अध्ययन र अुनसन्धानको आवश्यकता परेको विज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Techie