नयाँ सडकको प्रवेशद्वार मर्मत सम्भार सुरु

काठमाडौं- काठमाडौंको अत्यन्तै व्यस्त नयाँ सडकको प्रवेशद्वार मर्मत सम्भार सुरु गरिएको छ । ‘सुन्दर काठमाडौं अभियान’ अन्तर्गत काठमाडौं महानगरपाालिकाले मर्मत सम्भार सुरु गरेको हो ।

मर्मत सम्भारका लागि आरडिआर निर्माण सेवासंग ३९ लाख ९० हजार रुपैयामा सम्झौता भएको थियो । मर्मत सम्भारको काम कार्तिक मसान्तसम्म गरिसक्ने महानगरले जनाएको छ । भूकम्पपछि नयाँ सडक प्रवेशद्वारको झिंगटा अर्थात छाना भत्किएको थियो । भूकम्पपछि अन्य संरचना मर्मत सम्भारको काम भए पनि यसको काम भने थालिएको थिएन ।

महानगरले प्रवेशद्वारको झिंगटा भत्काएर नयाँ बनाउने र पुरानो प्रवेशद्वारलाई नभत्काएर ममर्त गर्ने गरी डिजाइन तयार पारेको हो । प्रवेशद्वारमा देवीदेवताका १२ वटा मुर्ति छन् । ती मुर्तिको स्वरुप परिवर्तन नहुनेगरी मर्मत हुने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie