नयाँ वस्ती र टुसाल १–१ को बराबरीमा

काठमाडौंः सहिद स्मारक बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लब १–१ गोलको बराबरीमा रोकिएका छन् । बुधवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी पु-याए । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन । बराबरीसँगै ९ खेलबाट १२ अंक जोडेको नयाँबस्ती लिगको छैटौँ स्थानमा रहेको छ । ९ खेलमा ८ अंक जोडेको टुसाल सातौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie