नगर प्रमुख बस्नेत कोरोनामुक्त

काठमाडौ । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोरोना सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा आइसोलेसनमा बसेका थिए ।
कोरोनामुक्त भएपछि बस्नेत अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले बताइन् । आगामी असोज ४ गतेदेखि बस्नेत कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।

यो पनि हेर्नुहोस्

नागार्जुन नगरपालिकाका नगरप्रमुख र वडा अध्यक्षलाइ कोरोना पोजेटिभ

तपाईको प्रतिक्रिया

Techie