धादिङमा भदौ ३ गतेसम्म निषेधाज्ञा जारी

धादिङ : जिल्ला प्रशासन कार्यालय धादिङले भदौ ३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय धादिङमा कोरोना संक्रमितको संख्या बढेपछि प्रशासनले जिल्लाका बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाईरस पोजेभि देखिएपछि रोकथामको लागि कालुपाण्डे राजमार्गको फुर्केखोला देखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाकका केही वडामा निषेधाज्ञा जारी गरेको हो ।

पृथ्वीराजमार्गको मौवाखोला देखि पिपलामोड सम्मको राजमार्ग क्षेत्रहरुमा मालबाहक गाडी र एम्बुलेन्स बाहेक अन्य सबै यातायातको साधनमा समेत संचालनमा रोक लगाइएको छ । धादिङमा हाल बाट कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ सय ५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie