धादिङमा पहिरोल ४ वटा गाडी पुरियो, ३ वटा गाडी बगायो

काठमाडौ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएको छ भने ३ वटा गाडीलाई त्रिशूली नदीले बगाएको छ । बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको प्रहरीले जनाएको हो । पहिरोले एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ भने २ वटा डिआई गाडी र एउटा मिनी ट्रक पहिरोले बगाउँदी त्रिशुली नदीले बगाएको थियो । यहाँ कुनै पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । मलेखुमा पहिरोमा परि परि एक जना वेपत्ता भएकोले खोजि भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie