दोलखाको माझी बस्तीमा ठग्ने नटवरलालको सम्पूर्ण नालीबेली, पाउने भए पीडितले न्याय (भिडियो रिपोर्ट)

काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ भिरकोटको माझी गाउँमा करिब एक सय माझी परिवार बसोबास गर्छन् । यो वस्तीका अधिकांस परिवार गरिबी, अशिक्षा, अभाव संग दिनहुँ जुध्नु पर्छ । हो यो बस्तीका मानिसहरु  पुरै बिहान खाए बेलुका के खाउ अनि बेलुका खाए बिहान के खाउ को अवस्थमा कठिन जिन्दगी बाँचिरहेका छन् । अधिकांश घर टिनका छाप्रा छन् । बस्तीसँगै रहेको तामाकोशी नदीमा माछा मारेर बिहान बेलुका जेनतेन हातमुख जोर्ड्दै आएका छन् यहाँका माझि परिवारहरु । यहाँका बालबालिकाले स्कुल कस्तो हुन्छ अनि कपि किताब कस्तो हुन्छ देख्न समेत पाएका छैन ।

स्वास्थ्यमा केहि भैहाल्यो भने मृत्यु कुर्नु बाहेक अर्को विकल्प छैन उनीहरुसँग । गरिबीले थिलो थिलो पारेको अवस्थामा २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पले उनीहरुको मुहारमा भएको बचेकुचेको खुशी पनि खोशि दियो । राहतको पर्खाइमा अनगिन्ति दिन क्षितिज पारि नियालेका उनीहरुको आँखाको पीडामा एक व्यक्तिले आफ्नो ठगी नजर लागाउन शुरु गर्‍यो । हेर्दा मधेशी मुलको जस्तो देखिने महेन्द्र यादव भन्ने कपडा बेच्ने व्यक्तिले  बस्तीमा आएर राहतको लोभ देखाउन थाल्यो ।

शहरमा  राहत दिने संस्था रहेको छ भन्दै नागरिकता र फोटो लिएर गएपछि राहत पाइने लोभको जालोमा वस्तीको आठ परिवारलाइ पार्‍यो । कोहि स्थानीयलाई काठमान्डौ, कोहीलाई जनकपुर त कोहीलाई सर्लाहीको मलंगवा पुर्याइयो । एक हप्ता भन्दा बढी होटलमा राखेर विभिन्न कार्यालयमा लगेर अनेकथरी कागजमा हस्ताक्षर गर्न लागाइयो र काम सके पछि प्रतिव्यक्ति १० हजार देखि २० हजार लिएर  घर फर्किय माझि परिवारका ति सदस्यहरु ।

त्यो कथित राहतले के नै गर्‍यो र । तैपनि दुई-तीन हप्तालाई चामल तेल र मरमसला भएपनि पुग्यो भन्ने सोचेर फेरी आफ्नै काम तामाकोशीमा माछा मार्न थाले अनि त्यसैले जेनतेन गुजारा चल्दै आएको थियो । यस्तैमा केहि समय अघि राहतको आशमा कपडा बेच्ने महेन्द्र यादव भन्नेले काठमाडौं पठाएको लक्षमण माझीको घरमा उच्च अदालत पाटनको पत्र आइपुग्यो । जसमा लक्षमण माझीको नाममा रहेको कम्पनीले सरकारलाई तिर्नु पर्ने राजस्व नतिरेको भन्दै १५  दिन भित्र अदालतमा उपस्थित हुन भनिएको रहेछ । अरुलाई पत्र पढ्न लगाएर सुन्दा लक्ष्मण माझी, उनको परिवार र सिंगो गाउँ नै छाँगाबाट खस्यो ।

हो लक्ष्मण माझीको गोजीमा अहिले सम्म हजारका नोट दुई वटा सँगै बस्न पाएका छैनन् । शहर देख्नु भनेको सपना जस्तै हो उनको लागि । तर कसरी मेरो नाममा कम्पनी भयो र भन्दै पीडा पोख्ने ठाउँ पनि छैन उनको । पछि बुझ्दा तीनै राहत दिन्छु भन्ने व्यक्तिले राहतको लोभमा कम्पनि खोलेर करोडौको कारोबार गरेर राजस्व छली गरेका रहेछन ।  दुइ छाक खान नपुग्ने मैले  ५ करोड ५६ लाख कहाँबाट ल्याउनु र तिर्नु, नखाएको बिष पनि लाग्छ र भन्दै गहभरि आँशु बनाउँदै पीडा पोख्छन् ।

त्यति बेला राहतको आशमा त्यो कपडा बेच्ने ठगले गरेको ठगीको सिकार लक्ष्मण माझि मात्र हैन उनका छोरा दिसेश माझि अन्य चार माझिहरु अनि अर्को गाउँका मोहन बहादुर काफ्ले र अर्का एक जना गरि कुल ८ जना पिडित छन् । लक्ष्मण माझिलाइ जस्तै आफुलाई पनि त्यस्तै चिठी आउने र जेल सम्म पर्ने डरले उनीहरुको निन्द्रा खोशिएको छ ।

हो अहिले दोलखा तामाकोशी किनारको माझि बस्तीमा रुवाबासी छ । केहि हजारको आश देखाएर राहत दिन्छु भन्दै राजधानी लगाएतका सहरमा लगेर पीडितलाई झुक्काएर करोडौ ठगि गरेको छ अज्ञात गिरोहले ।

परिवार पाल्नको लागी दैनिक माछा मार्ने र तिनै माछा बेचेर आएको दुई चार सय रुपैँयाले बिहान बेलुका हातमुख जोर्न समेत धौधौ पर्ने भिरकोटका लछुमन माझीको नागरीकता दुरुपयोग गरी कपडा बेच्न आएको ठगले उनैको नामबाट कम्पनि खोलीदियो । जसको नाम पि आर के ट्रेड ईन्टरप्रईजेज हो र त्यसले ५ करोड ५६ लाख राजश्व छलेको भन्दै उच्च अदालत पाटनले २०७७ मंसिर २१ गते १५ दिन भित्र अदालतमा हाजिर हुन लछुमन माझीलाइ पत्राचार गर्यो । लछुमन जस्तै राहतको लोभमा नटवरलाललाइ नागरीकता दिएका ८ घर माझी परीवार आफुहरु अन्यायमा परेको भन्दै विभिन्न निकायमा पुगे उनीहरु तर ति निकायहरुले र्हेछौ र गछौ भन्ने आश्वासन बाहेक उनीहरुले केही पाएनन् ।

कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालय समेत नटेकेका माझीको नाममा पीआरके ट्रेड ईन्टरप्रईजेजको नामबाट दर्ता भएको स्थायी लेखा नं. ६०५४२८२७२ बाट राजस्व छली गरेको अभियोगमा लागेका लछुमनकै अवस्था हुन्छ कि भन्ने डर मा छन् अरु गाउँले पनि । राहतका नाममा लछुमन मात्र होइन । माझीगाउँका अधिकांश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गर्नेहरु छन् । लछुमन माझीलाई अदालतको पत्र आएको देखेर डराएका उनीहरु गाउपालीका अर्थात आफैले भोट दिएर जिताएका तामाकोसी गाउँपालीकाका अध्यक्षलाई आफ्नो पिडा सुनाउन गए तर उनले न्याय दिलाउन सक्दो पहल गर्छु भन्न बाहेक अरु केह गर्न सकेका छैनन् । गाउपालीका अध्यक्षले हामीलाई पनि त्यो बाहेक पिडा समाधान गर्न ढुक्क हुने कुनै कुरा गरेनन् ।

भुकम्पले भत्काएको झुप्रो बनाउने र भोकले छटपटाएका पेट पाल्नकै लागी राहातको लोभमा परेर ठगले जाहा भन्यो त्यही ल्याप्चे लगाएका तामाकोसी किनार भिरकोटका ८ घर माझी परविारको होस त्यती बेला मात्रै उड्यो जतीबेला लछुमन माझीलाई ५ करोड ५६ लाख राजशव छलेको भन्दै पाटन उच्च अदालतले उनको ढोकामा म्याद टाँस्यो । त्यती बेला उनीहरुलाई याद भयोकी ल्यापचे ठोकेर आफुहरुले पनी राहात ल्याइको त्यसपछी हामी पनी लछुमन माझीको जस्तै मुद्धामा फस्न सक्छौ भनेर पढे नलेखेका उनीहरु न्याय खोज्नका लागी टाढा त जान सक्दैन थिए । तर सम्बन्धित निकायहरु स्थानीय निकाय जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रसाशन सम्म पुगे उनीहरु तर सम्बन्धित निकायसँग पनी गछौँ र हेर्छौ भन्ने तर अपराधी सम्म पुग्ने र खोज्ने ठोस योजना केही पनी छैन उनीहरुसंग यती सम्मकी पक्राउ परेका मान्छेको बारेमा समेत जानकारी छैन उनीहरुलाई ।

लक्ष्मण माझी त एक प्रतीनिधि पात्र मात्रै हुन उनी जस्तै माझी गाउँका ८ परीवारको पनी अवस्था यस्तै नआउला भन्न सकीन्न । जिल्ला प्रहरी कार्यलयबाट चित्त बुझ्दो जवाफ नपाए पछी हामी जिल्ला प्रसाशन कार्यलय पनी पुग्यौ तर प्रशासनको जवाफ पनी उस्तै अरु निकायको भन्दा फरक छैन । प्रमुख जिल्ला अधिकारीको यो भनाई हेर्नुहोेस ।

आफैले भोट दिएर जिताएका जनप्रतिनिधी र जनताका लागी काम गर्ने जिल्लाका संम्बन्धीत निकायको जवाफले आजित बनेका माझी परीवार त्यती ठुलो रकम पैसा त तिर्न सक्दैन थिए । कित हाम फालेर मर्ने कित जेल जान बाध्य भएका उनहिरुको चित्कार सुनेर हामीले त्यो गरीब माझी बस्तीको पिडालाई सम्बन्धीत निकाय सम्म पुराएका छौ । र त्यो ठगिको मुख्य नाइके को हो अनि त्यसको दाइने हात मानिने ब्यक्ति को हो । अनि उनीहरुले कसरि काम गर्छन भन्ने बारे र ठगीको डरलाग्दो तथ्यांक यस्तो छ :

राजस्व छली गरेको भन्दै दोलखाका गरिब माझी परिवारलाई उच्च अदालत पाटनमा मुद्दा हाल्ने सरकारी निकाय हो आन्तरिक राजस्व बिभाग । हामी बिभाग पुगेर ति माझि माथि अन्याय गर्ने ठग नटवरलालको खोजि पनि गरेका छौ । ति ठगहरुले गरिब लछुमन माझीको नाममा खोलेको कम्पनीको नाम हो पी आर के ट्रेड इन्टरप्राइजेज । जसको दर्जन बढी वाणिज्य बैंकमा खाता रहेछ । उनीहरुले सम्पूर्ण आर्थिक अधिकारको अख्तियारी आफुसंग लिएर राजस्व छली गर्ने गरेका थिय । माझि वस्तीका गरिबलाई आर्थिक प्रलोभनमा पारेर कम्पनि खोलिएको बिषयमा आन्तरिक राजस्व बिभागले पनि गम्भीर अनुसन्धान गरेको छ ।

गरिब माझिको नाममा कम्पनि खोलेर आर्थिक अधिकार लिएर राजस्व छली गर्ने र माझि परिवारलाइ जेल चलान गर्ने गिरोहको समेत पत्ता लगाइसकेको छ राजस्व अनुसन्धान बिभागले र उनीहरुलाई मुद्दा पनि चलाईसकेको छ । यो ठगि धन्दाको प्रमुख नाइके हो लक्ष्मण राय । जसको तिन पुस्ते हेर्नुहोस । प्रदुमन राय यादबका नाति , सुकदेव राय यादवका छोरा तत्कालिन बिरगंज उपमहानगरपालिका वडा नं १६ र हाल बिरगंज महानगरपालिका वडा नं १३ नगवामा बसोबास गर्ने र तत्कालिन गमहरिया ६ सर्लाही बस्ने वर्ष ५० को ।

माझी परिवारको खुशी खोस्ने ठग र मुख्य योजनाकार लक्ष्मण राय हाल फरार छन् भने प्रहरीले उसको खोजी व्यापक बनाएको छ । लक्ष्मण रायको कामलाई सहयोग गर्ने र रायको दाहिने हात मानिने महोत्तरी घर भै काठमाडौं बस्ने रन्जन कुमार सिंह भने अहिले प्रहरी हिरासतमा छ ।

कानुनी दायरामा आइसकेको ठग रन्जन कुमार सिंहले आफ्नो बयानमा यसो भन्छन्, ‘पी आर के ट्रेड इन्टरप्राइजेजको प्रोपाइटर तथा खाता संचालकलाइ म चिन्दिन । पी आर को तर्फबाट म संग सम्पर्क हुने प्रधुन्न राय यादवका छोरा हाल बिरगंज बस्ने फोन ९८६३८१०३१० ठेगाना भएका लक्ष्मण राय हुन् । मैले लक्ष्मण मार्फत पी आर के ट्रेड इन्टरप्राइजेज स्थाई लेखा नम्बर ६०५४२८२७२ को कर विजक लिई आफ्नो गोदामका मालसामान विधुत प्राधिकरणमा सप्लाई गर्ने गर्दथे । उक्त सप्लाई वापतको रकम पी आर के ट्रेड इन्टरप्राइजेजको बैंक खातामा विधुत प्राधिकरणबाट जम्मा भएपछि निज लक्ष्मण राय मार्फत भएको चेकवाट म र मेरा कर्मचारी बैंकमा गई निकाल्ने गरिएको हो । पी आर के ट्रेड इन्टरप्राइजेजको पूर्ण नियन्त्रण मेरो हैन । प्रश्नमा सोधिए अनुसार उक्त कारोबारमा म पूर्ण रुपमा जिम्वेवार होइन । लक्षमण रायले कतिपय अवस्थामा केहि मालसामान सहित दिने त्यसको रकम निजले नै लिने गरेको थियो । माल सामान नदिएका विजक मात्र दिएका अन्य कारोबारहरुमा चेक कलेक्सन गर्ने , बैंक खातामा रकम जम्मा गर्ने र पी आर के ट्रेड इन्टरप्राइजेजको बैंक खाताबाट रकम निकाल्ने म र मेरो कर्मचारीहरुबाट भएकै हो । कानुन बमोजिम हुनसक्ने गरि कम सजाय गरि पाउँ भनि बयान दिएको ।’

राजस्व अनुसन्धान बिभागको भनाइ र पक्राउ परेको र गल्ति स्वीकारेको व्यक्तिको बयानबाट यो भन्न सक्छौकि गरिब र सोझा जनतालाइ प्रलोभनमा पारेर कति सम्मको धन्दा हुने रहेछ यो देशमा । दोलखाको माझि परिवार त उदाहरण मात्र हो । एही तरिकाले १२ अर्ब भन्दा बढी राजस्व छली भएको रहेछ । अरु त अरु चाटर्ड एकाउन्टटेण्ट र अडिटर समेतले यो धन्दा गरेर कारवाही भोगीसकेका छन् भने कोही फरार छन् । गरिब जनतालाई झुक्काएर खोलिएका कम्पनि र फर्म झन्डै २०० राजस्व अनुसन्धानले पत्तालगाई कारबाही प्रक्रियामा छ ।

हो माझी परिवारको पीडा देख्दा र राजस्व अनुसन्धानको भनाइबाट यो भन्न सक्छौकि गरिबलाई ठग्न र राजस्व लुट्न यो देशमा ठुलो गिरोह सक्रिय छ ।

तपाईको प्रतिक्रिया

Techie