दैलेखमा प्रहरी र स्थानीयबीच झडप

दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । त्यस क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई राउण्ड हवाई फायर पनि गरेको छ ।

शनिबार साँझ भएको झडपमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ । सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लंघन गरी ५०–६० स्थानीय बासिन्दा जम्मा भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो ।

त्यसपछि स्थानीय बासिन्दाले एक्कासि प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाईफायर गरेको हो । लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएपछि प्रहरीलाई बोलाउँदा घटना भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie