दैनिक १८ हजार पीसीआर परीक्षण गर्ने तयारीमा सरकार

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता सरकारसँग रहेको बताएका छन् । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए । ६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए ।
मन्त्री ढकालले अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु¥याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए ।

तपाईको प्रतिक्रिया

Techie