दैनिक १० हजार पिसिआर परीक्षण गर्ने मन्त्री ढकालको योजना पुरा भएन

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुने बताए पनि त्यो पूरा नहुने भएको छ। संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्री ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्दता जाहेर गरेका थिए।

मन्त्रालयले भएका प्रयोगशालाहरूको क्षमता वृद्धि गर्ने, थप पिसिआर मेसिनहरू थप्ने र निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गरेर दैनिक १० हजार जनाको परीक्षण गर्ने तयारी गरेको थियो।

सरकारले थप १० वटा अस्पतालहरूमा पिसिआर मेसिन जडान गर्ने जनाएपनि निजी प्रयोगशालाहरूलाई अहिलेसम्म परीचालन गर्न सकेको छैन।
मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण गर्ने दिने कुरामा मापदण्ड जारी गर्न नै ढिला गर्यो। मापदण्ड जारी गरेपनि मूल्यको विषयलाई लिएर निजी प्रयोगशालाहरूले आनाकानी गरिरहेका छन्। सरकारले निजी प्रयोगशालाहरूलाई एउटा नमूनाको परीक्षण गरेबापत ५ हजार ५ सय रुपैयाँ दिने भनेको छ।

‘आइतबारसम्मको तथ्यांक हेर्दा क्वारेन्टिनमा ६५ हजार छन्। त्यसैले दैनिक १० हजार जानको परीक्षण गर्नुपर्ने देखिएन।’ ७ हजार जनाको परीक्षण गरे पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल

 

तपाईको प्रतिक्रिया

Techie