“देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकाले आर्थिक विकास सुस्त गतिमा भएको हो” डा. बाबुराम भट्टराई

काठमाडौं : समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकाले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताए । उनले सरकार देशको आर्थिक विकास भन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रित भएको आरोप समेत लगाए ।

उनले बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताए ।

तपाईको प्रतिक्रिया

Techie