देउवा सरकारको दुई महिना, सरकारले पाएन पूर्णता

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज दुई महिना पुगेको छ । असार २९ बनेको सरकारले चर्चा हुन लायक काम त गर्न सकेका छैन नै, दुई महिनासम्म सरकारले पूर्णता समेत पाएको छैन ।
जिम्मेवारी सम्हालेको दुई महिना बित्दासमेत प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री देउवाको दुई महिने कार्यकालमा सरकार र संसद् दुवै सञ्चालनको काम निष्प्रभावी बन्न थालेको राजनीति विश्लेषकहरुले बताउन थालेका छन् । केपी ओलीले प्रधानमन्त्री हुँदा दुई पटक संसद् विघटन गरे अध्यादेशबाट शासन चलाउन खोजे । अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुले राजनीतिक र कानुनी संघर्ष गरे । तर, अहिल देउवा सरकार ओली सरकार कै बाटोमा हिड्न सुरु ग¥यो । देउवा सरकार पनि रातारात संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजे । जुन अध्यादेशले दुईवटा पार्टी एमाले र जसपा विभाजन भए । एमाले विभाजन भएपछि केही हदसम्म देउवा सरकारको आयु त लम्बियो, तर संविधान र लोकतन्त्रको दुहाई दिने सरकारको नियतमाथि प्रश्न उठ्यो । अध्यादेशले सत्तापक्ष र प्रतिपक्षबीचको दुरी समेत बढाउने काम ग¥यो । यही कारणले गठबन्धनभित्र पनि मनमुटाव सुरु भयो । माधव नेपाललाई सजिलो बनाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चित्त दुखाएको अर्को सत्ताघटक दल जसपा गठबन्धनभित्रै विद्रोहको अवस्थामा पुगेको छ ।
संसदीय प्रणालीमा सत्तापक्ष र प्रतिपक्षको कल्पना गरिएको हुन्छ । बितेको दुई महिनामा सरकार र प्रतिपक्षबीच एक पटक पनि वार्ता र संवाद भएको छैन । जसले गर्दा संसद्का कामकारवाही निष्प्रभावी हुन थालेका छन् । आम नागरिकले सरकारसंग खोज्ने र चाहने भनेको सुशासन हो । तर दुई महिनाको अवधिमा सुशासन हैन, मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेर सरकारले कुनै काम गर्न सकेको छैन् । एमसीसी प्रकरणमा भएको प्रदर्शन तथा जयसिंह धामी प्रकरणमा समेत सरकार अलमलिएको जस्तो देखिन्छ । किसानहरू मल अभावमा छटपटिएका छन् । महँगी बढेको बढ्यै छ । भ्रष्टाचार नियन्त्रणमा सरकारका कुनै पनि अंगको ध्यान पुगेको छैन । संविधान र संसद् जोगाउनु र विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिलाई देउवा सरकारको उपलब्धिका रूपमा लिनुपर्ने अवस्था सृजना भएको छ ।

तपाईको प्रतिक्रिया

Techie