देउखुरीमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍यायो

दाङ : दाङको देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।

सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका स्थानीयले बताए । स्थानीयका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।

सुरुमा गत आइतबार तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेमा सलहको सानो झुण्ड देखा परेको थियो । त्यो झुण्डले बालीनालीमा क्षति नपुर्‍याउने भन्दै नआत्तिन कृषि ज्ञान केन्द्रले दाङवासीलाई आश्वस्त पारेको थियो । तर मंगलबार एक्कासी सलहको ठूलो बथान दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा देखिएपछि किसानहरू त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie