दिनैपिच्छे लेखा परीक्षण हुँदैन, भ्रष्टाचार भयो कि भनेर शंका नगरौं : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

विश्वासबाट काम थालेको र असाधारण ढंगले काम भइरहेकाले उनीहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गरे । उनले भने, “केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुँदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रित पनि भएका छैनौं । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तीनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन । ”

उनले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाइए सरकारले कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउँदै अरुलाई लाञ्छना लगाउने र सधैं अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गरे । उनले कुनै हिसाबले पनि भ्रष्टाचार हुन नदिने आफ्नो प्रतिवद्धतामा आश्वस्त हुने विश्वास आफुले लिएको बताए ।

कोभिड १९ नियन्त्रणबारे भएका प्रयास

प्रधामन्त्री ओलीले कोभिड १९ सबैको साझा शत्रु भएकाले यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताए । उनले सरकारका काम मात्रै नभई जुनसुकै विषयमा पनि सतप्रतिसत सुद्धताको कुरा गाहो कुरा भएकाले सरकारका प्रयासहरु पनि सत प्रतिशत ठिक र प्रयाप्त नभएको हुनसक्ने भन्दै उनले सरकारले गरेको लकडाउनको प्रभावकारीका भने देखिएको दाबी गरे ।

केही स्थानमा व्यवस्थापनको कमजोरी देखिए पनि कोभिड १९ बाट बच्न र बचाउन नागरिकले अवलम्बन गर्ने स्वास्थ्य सर्तकता कायम गराउने सवालमा सरकारका प्रयासले सचेतना फैलिएको दाबी गरे । उनले कोभिड १९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले केही समस्या भएको भन्दै सरकारको व्यवस्थापन प्रभावकारी ढंगले भएको दाबी गरे ।

उनले आरडीटी वा पीसीआर परीक्षणको विषय राजनीति नभई प्राविधिक भएकाले सोही अनुसार निर्णय गर्नुपर्ने उल्लेख गरे । बजेट कोरोना नियन्त्रण रोकथाम र उपचार लगायत स्वास्थ्य क्षेत्रमा नै केन्द्रीत भएको स्पष्ट पारे । कोरोना रोकथाम नियन्त्रण र उपचारसँग मात्रै सम्बन्धित नभएर मुलुकको अर्थतन्त्र र विकाससँग पनि सम्बन्धित भएकाले सोही ढंगले बजेटको व्यवस्थापन गरिएको स्पष्ट पारे ।

पीसीआर परीक्षणको दायरा बढाएको भएपनि विदेशबाट आउनेको संख्या बढेकाले समस्या भएको बताए । उनले क्वारेन्टाइन मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्न पठाईएको र मापदण्ड नपुगेका हरुको सुधार गर्दे लगिने प्रतिवद्धता जनाए । उनले कोरोना संक्रमितको संख्या, परीक्षण तथा स्वास्थ्य पुर्वाधार विकास बारे पनि जानकारी गराए ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२० जेष्ठ २०७७, मंगलवार ०८:३३ २० जेष्ठ २०७७, मंगलवार ०८:३३

काठमाडौं : गण्डकी…

२६ जेष्ठ २०७७, सोमबार १२:३४ २६ जेष्ठ २०७७, सोमबार १२:३४

अर्घाखाँची : अर्घाखाँचीमा…

२९ कार्तिक २०७७, शनिबार ११:०९ २९ कार्तिक २०७७, शनिबार ११:०९

जनकपुर : जनकपुरमा…

Techie