दाहाल र गौतमबीच खुमलटारमा भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमबीच ‍भेटवार्ता भएको छ । शनिबार बिहान दाहाल र गौतमबीच दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो ।

दाहाल र गौतमबीच संसद् विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा दाहालले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेकोसमेत बताइएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र दाहाल–नेपाल पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छैनन् । गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा पनि सहभागी भएका छैनन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२८ भाद्र २०७७, आईतवार ११:०१ २८ भाद्र २०७७, आईतवार ११:०१

सिन्धुपाल्चोक…

२९ श्रावण २०७७, बिहीबार २३:०३ २९ श्रावण २०७७, बिहीबार २३:०३

सिरहा: सिरहाको बिष्णुपुर…

१० फाल्गुन २०७७, सोमबार १३:२९ १० फाल्गुन २०७७, सोमबार १३:२९

काठमाडौं : नेपाल…

Techie