दाहाल-नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम सो समूहले सार्वजनिक गर्न लागेको हो ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठकपछि आज दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । दोस्रो चरणमा वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी दाहाल-नेपाल समूहको छ ।

अन्य दलसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा गरिएको छलफलमा तत्काल सहमति नबनेपछि एक्लै आन्दोलन कार्यक्रम घोषण गर्न लागिएको हो । यसअघि दाहाल-नेपाल समूहले काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२० श्रावण २०७७, मंगलवार १२:१३ २० श्रावण २०७७, मंगलवार १२:१३

मोरङ : मोरङको रंगेली…

२० भाद्र २०७७, शनिबार १६:२१ २० भाद्र २०७७, शनिबार १६:२१

काठमाडौं : नेपालमा…

२५ श्रावण २०७७, आईतवार १६:२१ २५ श्रावण २०७७, आईतवार १६:२१

काठमाडौं : नेपालमा…

Techie