दाहाल-नेपाल समूहकोे केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं : नेकपाको दाहाल-नेपाल समूहकोे केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि दाहाल-नेपाल समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ ।

आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ । राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचन आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायम छ ।

आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेश गर्नुपर्ने भएकाले केन्द्रीय सदस्यलाई आजको बैठकमा नागरिकता र पार्टीको परिचयपत्र बोकेर आउन भनिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

५ असार २०७७, शुक्रबार ०८:५९ ५ असार २०७७, शुक्रबार ०८:५९

काठमाडौं : गुल्मीमा…

१२ भाद्र २०७७, शुक्रबार ०८:३९ १२ भाद्र २०७७, शुक्रबार ०८:३९

काठमाडौं : बीपी…

११ चैत्र २०७७, बुधबार १३:०२ ११ चैत्र २०७७, बुधबार १३:०२

काठमाडौं : प्रदेश…

Techie