दाहाल-नेपाल समुहले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने

काठमाडौ । दाहाल-नेपाल समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ। यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले अनुमोदन गर्ने भएको छ।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल (नेपाल समुहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो। तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि दाहाल (नेपाल समुहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

Techie