दाहाल–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजे : ओली

काठमाडौ । प्रधानमन्त्री एबं नेकपा अध्यक्ष केपी ओलीले दाहाल–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको आरोप लगाएका छन । मंगलबार बिहान बालुवाटारमा आफु निकट केन्द्रीय सदस्यको भेलालाई सम्बोधन गर्दै उनले दाहाल–नेपाल भन्दा आफु धेरै अघि कम्युनिष्ट आन्दोलनमा होमिएको दावी गरेका हुन । अध्यक्ष ओलीले दाहाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकाले पार्टीले गति लिन नसकेको समेत बताए ।
अध्यक्ष ओलीले एघार महिनाभित्र पार्टी महाधिवेशन गरिसक्ने र आगामी चुनावमा कम्तिमा पचास लाख लोकप्रिय मत ल्याउने गरी संगठनलाई पुर्नगठन गरेर अघि बढने घोषणा समेत गरेका छन ।
अध्यक्ष ओलीले अर्को पक्षलाई आफुलाई कारवाही गर्ने जानकारी पाएको भन्दै कारवाही गरेर देखाउन चूनौति समेत दिए । उनले हाल कायम रहेको केन्द्रीय समितीले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेकाले विस्तार गरिएको पनि बताए । पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशिल, एकताबद्ध र संगठित बनाउन नसकेका कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको ओलीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

Techie