दाहालले ‘कू’ गर्न खोज्दा ओलीले देश बचाए : खानेपानीमन्त्री थापा

काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘कू’ गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दाहालमाथि संविधान र लोकतन्त्रमाथि ‘कू’ गर्न खोजेको आरोप लगाएका हुन् । पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको मन्त्री थापाको जिकिर छ ।

मन्त्री थापाले चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए । अदालतको निर्णय अगाडि नैं विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजिएको उनको आरोप छ । दाहाल नेपाल समूह सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको थापाले बताए ।

तपाईको प्रतिक्रिया

Techie