दाहाललाई जुत्ता हान्ने रतनको बयान : आदर्शवादी कुरा गर्दा चित्त नबुझेपछि जुत्ताले हानें

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने रतन तिरुवाले प्रचण्डले जनयुद्धका समयमा गरेका कुरा र अहिले गरेको कुरामा भिन्‍नता आएपछि जुत्ता प्रहार गरेको बयान दिएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा जनयुद्धमा देखाएका सपना प्रचण्डले बिर्सिएको, त्यतिबेला बोलेका कुराहरु अहिले पूरा गर्न नसकेको र प्रचण्डले आदर्शवादी कुरा गर्दा चित्त नबुझेपछि जुत्ता हानेको बताएका हुन् ।

जुम्ला स्थायी घर भएका २२ वर्षीय तिरुवाका बुबा मुन तिरुवा माओवादी युद्धमा तत्कालीन राज्य पक्षबाट मारिएका थिए । उनका कान्छा बुबा रबिकिरिण तिरुवा हाल नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’ का जुम्ला जिल्ला इन्चार्ज रहेको खुलेको छ ।

राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन । त्यसपछि उनलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

Techie