दार्चुलामा पहिरोले पुरिएर २ जना बेपत्ता

दार्चुला : दार्चुला नौगाड गाउँपालिका ६ परिगाउँमा गएराति पहिरो खस्दा पुरिएर दुई जना वेपत्ता भएका छन् । पहिरोमा ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती बेपत्ता भएका हुन् ।

दुबैजनाको स्थानीयले खोजी जारी राखेका छन् । पहिरोमा परेका चार जनाको भने स्थानीयले तत्काल गरेका छन् । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको छ । पहिरोले ५ घर उच्च जोखिममा परेका छन् ।

महाकाली नगरपालिका ५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग पनि अवरुद्ध भएको छ । महाकाली नगरपालिका ४ लास्कु खोलाले बाटो बगाउँदा दुहु र ब्यास जाने बाटो अवरुद्ध भएको हो ।

तपाईको प्रतिक्रिया

Techie