दाङको राजपुरमा दुई युवा समूहबीच झडप, सात जना घाइते

दाङ : दाङको राजपुरमा दुई युवा समूहबीच झडप हुँदा सात जना घाइते भएका छन् । दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाई राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेको विषयमा कुटाकुट भएको हो ।

विवादले उग्ररुप लिएपछि युवती पक्ष र युवक पक्ष कुटाकुटमा उत्रेका हुन् । झडपमा युवती पक्षमा ६३ वर्षीय जगोसर अहिर, २१ वर्षीय किशोरकुमार यादव घाइते भएका छन् । उनीहरुको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भैरहेको छ ।

गम्भिर घाइते भएका हिरालाल यादवलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । झडपमा धन्यराज यादवलाई पनि चोट लागेको छ । दुई जना सामान्य उपचारपछि फर्केका छन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie