दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार काण्डमा २० वर्ष जेल सजाय

LONDON, UNITED KINGDOM - NOVEMBER 05: (EMBARGOED FOR PUBLICATION IN UK NEWSPAPERS UNTIL 48 HOURS AFTER CREATE DATE AND TIME) President of the Republic of Korea Park Geun-hye arrives to attend a ground breaking ceremony, with Prince William, Duke of Cambridge, at the proposed site of the new Korean war memorial in Victoria Embankment Gardens opposite the Ministry of Defence on November 5, 2013 in London, England. The President of the Republic of Korea Park Geun-hye is on a state visit to the UK from November 5-7. (Photo by Max Mumby/Indigo/Getty Images)

एजेन्सी । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई सर्वोच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । घुस तथा भ्रष्टाचार काण्डमा बिहीबार पार्कलाई अदालतले जेल सजाय तोकेको हो । साथै १८ बिलियन जरिवाना तोकिएको छ । कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका चुङ हीकी छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा दायर भएको थियो । २०१३ देखि २०१६ को बीचमा सामसुङ सहित कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको हो । उनले देशका जासूस प्रमुखहरुमार्फत ती कम्पनीहरुबाट घुस लिने गरेको खुलासा भएको छ । दक्षिण कोरियामा भ्रष्टाचार अभियोगबाट पदमुक्त हुने पार्क पहिलो दक्षिण कोरियाली निर्वाचित राष्ट्रपति हुन् । ६८ वर्षीया ग्युनलाई भ्रष्टाचार अभियोग लागेपछि २०१७ को मार्च ३१ देखि नै कारागारमा रहँदैआएकी हुन् । यद्यपि ग्युनले आफूले गल्ती नगरेको दावी गर्दैआएकी थिइन् । बिहीबारको सर्वोच्च अदालतको फैसलामा भने उनी उपस्थित भएकी थिइनन् ।

तपाईको प्रतिक्रिया

Techie