त्रिशूलीमा पेट्रोल बोकेको ट्याङ्कर खस्यो

काठमाडौं : ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie