त्रिविमा पनि कोरोनाको पीसीआर परीक्षण हुने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय स्थित लायन्स रक्त संचार केन्द्रको भवनमा मंगलबारबाट त्रिवि बायोटेक कोरोना प्रयोगशाला संचालनमा ल्याईएको छ । कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गर्न कीर्तिपुर नगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।पीसीआर परीक्षण द्रुत गतिमा अघि बढाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि कीर्तिपुर सहित देशका विभिन्न स्थानमा १० वटा प्रयोगशाला संचालन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie