त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थालाई प्रविधि मैत्री बनाउने योजनाअनुसार कार्य भइरहेको जनाएको छ । यसैक्रममा काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । योसँगै काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आएका छन् । । उपत्यकामा ९ वर्षदेखि विग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा विग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै उपत्यकामा रहेका सबै सिसि क्यामरा मार्फत निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ । यस्तै ट्राफिकबाट दिइने कुनैपनि सेवालाई अनलाइन मार्फत गर्ने व्यवस्था गरिएको छ । कुनैपनि सवारीसाधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि प्रमुख ढकालले बताए ।

तपाईको प्रतिक्रिया

Techie