त्रिदेशीय क्रिकेटमा अमेरिकामाथि नेपालको सहज जित, आज ओमानसँग प्रतिस्पर्धा गर्दै

नेपालले विश्वकप लिग–टु अन्तर्गत त्रिदेशीय शृखलाको पहिलो खेलमा अमेरिकामाथि ५ विकेटको सहज जित हात पारेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट क्षतीमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले ८४, रोहित कुमार पौडेलले अविजित ६२ र विनोद भण्डारीले ३७ र आसिफ शेखले २३ र त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे । अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले दुई÷दुई विकेट लिए । सौरभ नेत्रभाल्करले एक विकेट लिए । यसअघि मोनाङक पटेलको सतक प्रेरित अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । यसैगरी निसर्ग पटेलले २१, सुशान्त मोदानी र करिमा गोरेले समान १६ रन बनाउँदा स्टेभन टेलरले १४ तथा नोस्थुस केन्जिग र संजय कृष्णमुुर्तीले १३ रन बनाए । जस्करन मल्होत्राले ११ रन बनाए । नेपालको बलिङमा सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले समान दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट हात पारे । जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपालका कुशल भुर्तेल प्लेयर अफ दि म्याच घोषित भएका छन् । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग टु को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।।

ओमानसँग प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा दिउसो सबा चार बजे घरेलु टोलीको सामना गर्नेछ । नेपालले घरेलु मैदानमा ओमानलाई हराउन प्रयास गर्नेछ । बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । लिग टु को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।।

तपाईको प्रतिक्रिया

Techie