तेक्वान्दोका नविनलाई उत्कृष्ट प्रशिक्षक अवार्ड , सुवास बने उत्कृष्ट युवा खेलाडी

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा गल्फमा दुईवटा स्वर्णपदक जितेका सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’  २०७६ अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। मंगलबार आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्।

जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेन पछि पार्दै सुवासले अवार्ड हात पारे।
त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ‘टिम अफ द इयर’ अवार्ड पाएको छ।मंगलबार आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’मा महिला भलिबल टोलीलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरिएको हो।१३ औँ दक्षिण एसियाले खेलकुद (साग)मा राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध फाइनल खेलेको थियो। यस्तै बंगलादेशमा २०७६ को कात्तिकमा भएको एसियाली सेन्ट्रल जोन भलिबलमा राष्ट्रिय महिला भलिबल टोलीले स्वर्ण जितेको थियो।

यसैगरी तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। उनले नेपाललाई १३ औं सागमा तेक्वान्दोबाट १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक दिलाएका थिए।यस्तै पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट अवार्ड पाएका छन्।

तपाईको प्रतिक्रिया

Techie