ताम्राकार हाउस अवैध मोबाइलको अखडा ! यसरी हुन्छ तस्करी (भिडियो रिपोर्ट)

काठमाडौं : काठमाडौंको न्यूरोडस्थित रहेको देशकै निक्कै ठुलो मोबाइल बजार हो ताम्राकार हाउस । यहाँ दर्जनौ बढी मोबाइल पसलहरु छन् । हो मोबाइल र ताम्राकार हाउस पर्यावाची जस्तै भैसकेको छ । मोबाइल खरिद गर्ने भन्ने बित्तिकै अधिकांश मानिस ताम्राकार हाउस पुग्छन् । तर ताम्राकार हाउस भित्रका मोबाइल पसलको कालो धन्दा थाहा पाउनु भयो भने तपाईं तिन छक्क पर्नुहुनेछ । हो हाम्रो देशमा मोबाइल बन्दैन त्यसैले विभिन्न राष्ट्रबाट मोबाइल आयात गर्नुपर्छ । यसरी आयात गर्दा राज्यले तोकेको भन्सार शुल्क अनिवार्य तिर्नु पर्छ र त्यो तिरेको रकम यी पसलेहरुले हामीसँग उठाउँछन् । तर ताम्राकार हाउस भित्रका मोबाइल पसलहरुमा भन्सार छली गरेर ल्याइएको र भारतमा चोरी गरेर नेपालमा भित्राइएका विभिन्न ब्राण्डका मोबाइल सेटहरु खुलेआम बिक्री भइरहेको छ ।

विषेश सुचनाको आधारमा काठमाडौंको न्यूरोडमा रहेका ताम्राकार हाउस भित्रका पसल नं ४ पसल नं १३ पसल नं २४ पसल नं ३३ गरी २० भन्दा बढी संकाशपद मोबाइल पसलमा हामीले स्टिङ अपरेसन गर्‍यौं र सँगस‍ँगै काठमाडौँ प्रहरीले पनि छापा हान्दा ठुलो संख्यामा अवैधरुपमा नेपाल भित्र्याइएका मोबाइल बरामद गरेको छ । हामी ति पसलहरुमा ग्राहक बनेर मोबाइल कसरी आउँछ अनि किन भ्याट बिल दिन मिल्दैन भनेर प्रश्न गर्दा पसल संचालकहरु ढुक्कका साथ आफ्नो धन्दा बारे खुलेर बोल्छन् । हाम्रो खुपिया क्यामराले कैद गरेको त्यो पसलेको भनाइ सुन्नुहोस् ।

राजधानी काठमाडौंको मुख्य मोबाइल बजार ताम्राकार हाउसकै पसलेले भन्सार छलेर ल्याएको मोबाइल र भ्याट बिल दिन मिल्दैन भनेर स्वीकार गरे पछि अब भन्नुहोस् त कति ठुलो कालो धन्दा हुँदो रहेछ मोबाइलमा । पसलेले आफ्नो कर्तुतको बेलिबिस्तार सुनायपछि हामी खबरकर्मी भएको र हाम्रो साथमा प्रहरी समेत रहेको जानकारी हामीले र प्रहरीले दिन्छौं । त्यसपछि ति पसलेहरुको ओठ मुख सुक्छ । हैन हैन भन्न थाल्छन् अनि डरले लल्याङ्ग लुलुंग हुन्छन् ।

उनीहरुको धन्दा यस्तो छ कि जुन सुकै ब्रान्डका मोबाइल पनि भन्सार छली गरेर चोरीको बाटो नेपाल भित्र्याउछँन् । नाम चलेको विश्व प्रख्यात एप्पल कम्पनीका आइफोन इलाभेन र आइफोन टुबेल प्रो म्याक्स, सामसुङ, ओपो, भिभो, एमआई लगायत सबै कम्पनीका मोबाइल चोर बाटो प्रयोग गरी नेपाल ल्याउने रहेछन् । प्रहरीसँग मिलेर हामीले गरेको स्टिङ अप्रेसनबाट केही घण्टामै केही पसलबाट मात्रै १ सय ४४ थान मोबाइल बरामद भएको छ । र अवैध मोबाइल बिक्री गर्दै गरेका ८ जनालाई नियन्त्रणमा लिएर भन्सार विभागमा बुझाइयो ।

अवैध मोबाइलको दिँदैनन् बिल

हो तपाईं हामीले मोबाइल खरिद गर्दा बिल र भ्याट बिल दिएनन् भने बुझनुस् कि त्यो मोबाइल अवैध हो । के तपाईंले बोक्नु भएको मोबाइल फोन त्यसरी खरिद गर्नु भएको छ ? होसियार तपाईं जुनसुकै बेला पनी कानुनको फन्दामा पर्न सक्नु हुनेछ । बालकदेखि वृद्धसम्म सबै उमेर समुहका मान्छेलाई सबै खाले जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल फोन मानवजीवनको अभिन्न अंग बनेको छ । यसले गर्दा आविष्कारकर्ताहरु फरक खालको सेवा सुविधा विकास गर्नमा हानाथाप गरेर अगाडी बढी रहेका छन । यतिबेला नेपालमा २५ भन्दा बढी विभिन्न कम्पनीका मोबाईल बजारमा जताततै पाईन्छन । बजारमा साधारण फोन उठाउन मिल्नेदेखि लिएर गेम खेल्ने, भिडियो हेर्ने, फोटो खिच्ने, रेडियो सुन्नेलगागतका विविध काम गर्ने मोबाइल पाइन्छन् ।

हाल नेपालमा सस्तोमा १ हजार रुपैयाँ देखि २ लाख १५ हजार रुपैँया सम्मको मोबाईल फोनहरु किनबेच हुने गरेको छ । तर यसरी बजारमा किनबेच भईरहेका मोबाईल फोनहरु झण्डै आधा भन्दा बढी अबैधरुपमा नेपाल भित्रीने गरेका छन । नेपालमा नयाँ नयाँ मोबाइल आयात भन्सारको तथ्यांक भन्दा पनी धेरै रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट मोबाइलको आयात बढ्दो क्रममा रहेको छ । विदेश गएकाहरुले झिटीकुन्टाको नाममा एउटा मोबाईल र अन्य व्यक्तीगत प्रयोगका सामान ल्याउन पाउने अधिकार छ । तर त्यही अधिकारको प्रयोगमा ल्याउने मोबाइलमा समेत अनेक झन्झट दिन्छ भन्सारले । तर एसरी खुलेआम भन्सार छलेका मोबाइल बिक्रि भैरहेको कुनै जिम्वेवार निकायले देख्दैनन् ।

नेपालमा मोबाइल सेवा प्रदायकको संख्या ३ करोड ८५ लाख ५७ हजार ५ सय ६३ पुगेको तथ्यांक दुर संचार प्राधिकरण संग छ । यो संख्या जीएसएम मोबाइल सेवाको सिम प्रयोगकर्ताको संख्या रहेको नेपाल दूरसञ्चार प्रधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकले हो । नेपाल दूरसञ्चार प्राधिकरणमा प्रत्येक महिना करिब ५ लाख १० हजारको हाराहारीमा आईएमआई अर्थात् इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नम्बर दर्ता हुदै आएको छ । हाम्रो देशमा जुन रुपमा मोबाइल प्रायोगकर्ता बढीरहेका छन् त्यही रुपमा मोबाइल तस्करको तस्करी पनि मौलाईरहेको हाम्रो र प्रहरीको स्टिङ अप्रेसनबाट पुस्टि हुन्छ ।

१३ अर्ब बढीको मोबाइल आयात

हाम्रो देशमा मोबाइल फोन बन्दैन तर लेटेस्ट भर्सन र ब्राण्डेड महंगा महंगा फोन बोक्न हामी लालाहीत छौ । हाम्रो माग अनुसार वार्षीक २४ करोड भन्द बढीको ४३ लाख भन्दा बढी मोबाइल सेट आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थीक वर्ष २०७६/७७ मा १८ अर्ब १७ करोड ७५ लाख ५३ हजार रूपैयाको ४३ लाख ६६ हजार थान मोबाइल आयात भएकोमा यो वर्ष कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि अनलाइन क्लास र अनलाइन क्रियाकलाप ह्वातै बढेपछि नेपालमा मोबाइल आयात बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा २४ अर्ब ६८ करोड रुपैयाँ बराबरको ४३ लाख ६८ हजार सेट मोबाइल फोन भित्रिएको हो । गत बर्ष सोहि अबधिमा १३ अर्ब तीन करोडको ३३ लाख ३५ हजार सेट मोबाइल आयात भएको थियो । यतीका धेरै मोबाईल भन्सार छलेर चोर बाटो हुँदै नेपाल ल्याइएको अनुमान छ ।

गत वर्षको तुलनमा यो बर्ष ११ अर्बको १० लाख सेट फोन बढी आयात भएको तथ्याङ्कमा उल्लेख छ । २०७६/७७को सात महिनमा १३ अर्ब रुपैयाँको ३३ लाख सेट मोबाइलफोन नेपाली बजारमा भित्रिएको थियो । सरकारले अवैध मोबाइल आयात रोक्ने प्रणाली स्थापना गर्न ढिलाइ गरेको कारण नेपालमा तश्करि मार्केट बढेको व्यवसायी बताउँदै आएका छन । अहिले चीन,भारत, भियतनाम लगाएतका देशबाट सबैभन्दा बढी स्मार्टफोन आयात भइरहेका छन् । नेपालमा पछिल्लो समय सामसुङ, एमआई, ओप्पो, भिभो ब्रान्डकै स्मार्टफोनको दबदबा कायम छ । नेपालमा मासिक आयात हुने १० लाख मोवाइल सेटमध्ये २ लाख ५० हजार सेट अवैध हुने गरेको छ । अवैध बाटोबाट ल्याएर बजारमा पुर्‍याइएका यी मोवाइलको बिक्रीले सरकारको राजस्वमा मासिक करीब ७ अर्व घाटा भएको छ ।

मोबाइल आयातको यो गिरावट अस्वभाविक छ । विकासोन्मुख र सञ्चारको तीव्र विस्तार भइरहेको मुलुकमा एकाएक मोबाइलको आयात यति ठूलो परिणाममा घट्नु स्वभाविक भने होइन । तर यही बीचमा टेलिकम कम्पनीका ग्राहक भने निरन्तर बढिरहेका छन् । एकातिर आयात घट्ने अर्कोतिर मोबाइल सेवा प्रयोगकर्ताको संख्या बढ्नुले अवैध मोबाईल बिगबिगी देखिएको छ । यही समयमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कडाइ गर्दै विदेश गएकाले ल्याउने मोबाइलमा कडाइ पनि गरेको छ । यसअघि नियममा २ वटा नयाँ मोबाइल ल्याउन पाउने व्यवस्था भए पनि पालना नहुँदा जति पनि ल्याएका थिए । तर अहिले नियम कडाइ गरेर नियमअनुसारमात्र ल्याउन दिइएको छ । यो कडाइपछि आयात बढ्नु पर्ने भए पनि त्यस्तो देखिँदैन ।

पछिल्लो समय स्मार्टफोनले सस्ता बारफोनलाई प्रतिस्थापन गर्दै गएका छन् । हजार, पन्ध्र सयमै पाइने त्यस्ता फोन आजभोलि धेरै बिक्री हुन छाडेका छन् । यसले महंगा फोन आउँदा कुल मोबाइलको आयात संख्या घटे पनि आयात मूल्य घट्नु नपर्ने हो। वा बढ्नु पर्ने हो । उच्च मूल्यका फोनको प्रयोग नेपालमा बढिरहेको अर्को तथ्यले पनि पुष्टि गर्छ । मोबाइल ब्रोडब्यान्ड इन्टरनेटको प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपाल टेलिकमका १४ लाख ग्राहक थपिएका छन्, फोरजी र थ्रीजी प्रयोगकर्ता । त्यस्तै एनसेलका पनि यही बीचमा करिब ३ लाख ग्राहक थपिएका छन् । मोबाइलको आयात किन घटिरहेको छ भन्नेमा सरकारी निकाय र व्यवसायीहरुको फरक मत छ । व्यवसायीहरू तस्करीका मोबाइल नेपाल भित्रिएको र सरकारले कडाइ गर्न नसकेको बताउँछन् ।

सरकारले हालै लिएको नीतिका कारण मोबाइल आयात घटेको उनीहरूको तर्क छ । वास्तविक रूपमा कर तिरेर आयात गर्नेहरूको व्यवसाय नै चौपट हुनेगरी पछिल्लो समय तस्करी बढेको भन्दै केही व्यवसायीहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी नै दिएका छन् । सरकारले भन्सारमा चोरीविरूद्ध कडाइ गर्न नसक्दा आयातको तस्करी च्यानल मौलाएको छ । मोबाइलको तस्करी रोक्न नसकिने होइन । तर यसका लागि प्रविधि चाहिन्छ । नेपालमा अवैध मोबाइल आयातलाई रोक्न डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न २ वर्षदेखि तयारी गरेको दूरसञ्चार प्राधिकरणले अहिलेसम्म उक्त सिस्टम राख्न सकेको छैन । भन्सार नतिरी भित्रिएका कुनै पनि मोबाइल नेपालका अपरेटरको सेवा नचल्ने बनाउन सकिने त्यस्तो प्रविधि भएमा अवैध आयात सजिलै रोक्न सकिन्छ ।

एउटै मोबाइलको दुईथरि मूल्य

ताम्राकार हाउसको स्टलमा रहेका व्यापारीले ग्राहकलाई एउटै मोबाइलको दुईथरि मूल्य बताउने गरेका छन् । व्यवसायीले ग्राहकलाई दुई ओटा अप्सन दिने गरेका छन् । एउटा एप्पल कम्पनीको आईफोन टुबेल प्रो म्याक्सको मूल्य २ लाख १५ हजार ५ सय रुपैयाँ तिर्ने हो भने मोबाइलमा वारेन्टी पाइन्छ । तर, तस्करहरुले तस्कर गरेर ल्याएको त्यही मोबाइल १ लाख ८५ हजार रुपैयाँमै दिन्छन् । तर वारेन्टी दिँदैनन् । जुन मोबाइल वारेन्टी हुँदैन त्यो तस्करी भएर नेपाल भित्रिएको मोबाइल भएको तिनै कालो धन्दा चलाउने गिरोह स्वयं स्विकार्छ ।

तस्करी गरेर नेपाल भित्रिएको मोबाइल १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार पनि तिर्न नपर्ने र त्यति नतिर्दा नेपालमा वैध बाटोबाट भित्रिने मोबाइलभन्दा धेरै सस्तो पर्ने उनै तस्करहरुले स्वीकार्दै आएका छन् । ताम्राकार मात्रै होइन नयाँ नयाँ मोबाइल हबको रुपमा स्थापित हुँदै आएका कम्प्लेक्समा पनि तस्करी भएर भित्रिएका मोबाइल छ्यास्छयास्ती पाइन्छन् । कर्मचारीसँग सेटिङ मिलाएर एयरपोर्ट र केरुङ नाकाबाट धमाधम मोबाइल भित्रिँदै आएका छन् । तर यसरी भित्रीयका मोबाइल खुलेयाम किनबेच भईरहदा बजार अनुगमन र नियन्त्रणको जिम्मा पाएको बाणीज्य विभागले भने नत अनुगमा गरेको छ । न मोबाइल तस्करी गरेर धन्दा चलाउने कसैलाई कारवाही नै गरेको छ ।

एउटै मोडल तर, पैसा २५ देखि ३० हजार रुपैयाँसम्म सस्तो भएपछि किन महँगो मोबाइल लैजानुहुन्छ ? ताम्राकार हाउसका ति व्यापारीले आखिर ३० हजार रुपैयाँ महँगो तिरे पनि पाउने वारेन्टी मात्रै हो । वारेन्टीवाला मोबाइल लिएर गए पनि बिग्रियो भने यहीं ल्याउने हो । सस्तो मोबाइल लिएर गए पनि पछि विग्रियो भने यहीं ल्याए हुन्छ । हामी बनाइहाल्छौ’ ती व्यवसायीले ग्राहकलाई भने ‘बिग्रेपछि बनाउने यहीं भएपछि किन चाहियो वारेन्टी उनीहरु यही भनेर तस्करी गरेर ल्याएको मोबाइल बेचीरहेका हुन्छन् ।

हो कम्पनीले दिएको नाफा भन्दा तस्करबाट भित्रिएको मोबाइल बेच्दा धेरै नाफा हुने र हिसाबकिताब पनि नराख्नु पर्ने भएपछि तस्करी भएर भित्रिएको मोबाइल बेच्न व्यवसायी लागिपरेका छन् । वैध बाटो बाट नेपाल भित्रिएको मोबाइल बेच्दा व्यवसायीलाई पाँचदेखि १० प्रतिशतसम्म कमिसन आउँछ । तर, तस्करी भएर आएको मोबाइल बेच्दा एउटै मोबाइलमा ३० प्रतिशत भन्दा बढी नाफा हुने गरेको पाइन्छ । दशै तिहार जस्ता चाडमा मात्रै सामान्य खुद्रा पसलमा दाल, चामल, चिनीको बजार अनुगमन गर्ने गरेको वाणीज्य विभागको नजर यती ठुलो तस्करी भएर बजारका छयापछयापी पाईने मोबाइलमा अहीले सम्म पुगेको छैन ।

सरकारले मोबाइलमा उपलब्ध गराउँदै आएको भ्याट फिर्ता खारेज र थप पाँच प्रतिशत मोबाइलमा भन्सार लगाएपछि तस्करी बढ्दा राज्यको अर्बौ रुपैयाँ राजस्व गुमेको छ । एयरपोर्ट तथा भनसार नाकाका कर्मचारीसँग मिलेर नेपालमा मोबाइल भित्र्याउने र त्यसबापत तिर्नुपर्ने कर केही नतिर्ने गरेका छन । तर सरकारले अनुगन त गरेको छैन यसरी सुराकीको आधारमा हाम्रो स्टिङ अप्रेसन र प्रहरीले हानेको रेड बाट यदाकदा तस्करी गरेर ल्याएको मोबाइल बेच्ने कर्मचारीलाई पक्राउ गरेर सामन्य कारवाही मात्रै गरेर छोड्ने गरेको छ । तर तस्करी गर्ने गिरोहका मालीकलाई पक्राउ गरेर कारवाही गरेको रेकर्ड अहीले सम्म सरकारी तथ्यांकमा छैन । त्यसैले मोबाईल तस्कर गर्ने गिरोहको जरै सम्म नपुग्ने हो भने अवस्था भयाबह हुन सक्छ ।

तपाईको प्रतिक्रिया

Techie