ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । मंगलबार बिहान १० बजे विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।’

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie