तस्करले भित्राएको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीद्धारा हवाई फायर

काठमाडौ । भारतबाट तस्करले भित्राएको सामान नियन्त्रणमा लिने क्रममा विराटनगरमा प्रहरीले हवाई फायर गरेको छ । विराटनगर महानगरपालिका सत्र मटेरुवामा आज विहान प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले रोक्न खोज्दा तस्कर समूहले अवरोध गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । मटेरुवामा भारतको जोगबनीबाट भित्राइएको समान नियन्त्रणका क्रममा हवाई फायर गर्नुपरेको मोरङ प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले एक महिलालाई पनि पक्राउ गरेको छ । एक बोरा बेल्टसहित तेतिस वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो । अन्य तस्कर भने भागेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie