तरुलमा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं:  अधिकाशं बस्तुमा परनिर्भरता बढ्दै गएको बेला मुलुक तरुलमा भने आत्मनिर्भर बन्दै गएको छ । नेपालमा व्यवसायीक तरुल खेती फस्टाउँदो छ । माघे संक्रातिको मुखैमा आईपुग्दा बजारमा तरुलको व्यापार बढेको छ ।

माघे संक्रातीका लागि अहिले बजारमा विभिन्न किसीमका तरुलहरु देख्न पाईन्छ । विशेष गरी माघे संक्रान्तिमा बढी खपत हुने तरुलको खरीदबिक्री आकाशिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजारमा पुस महिना लागेसंगै तराईका जिल्लाबाट विभिन्न किसीमका तरुल भित्रिएका छन् । वार्षिक करिव १३ सय मेट्रिक टन तरुल कालिमाटी तरकारी बजारमा भित्रिने र खपत हुने गरेको छ ।

अहिले नवलपरासी, सर्लाही, धादिङ, सुनसरी, झापा आदि जिल्लामा तरुलको व्यवसायीक खेती हुदैँ आएको छ । बजारमा बनतरुल, ध्यु तरुल, रातो तरुल, घर तरुल, सिमल तरुल, लगायत ९ किसीमका तरुल उपलव्ध छन् । व्यापारीहरुले दैनिक ३० देखी ६० हजार सम्मको तरुलको व्यापार गरिरहेका छन् ।

विभिन्न पर्वको छुट्टै महत्व भएजस्तै माघे संक्रान्तिमा पनि तरुल लगायतका कन्दमुलको बेग्लै महत्व रहेको छ । जाडो मौसममा शरिरलाई न्यानो प्रदान गर्ने गुण भएकाले पनि माघे संक्रान्तिमा तरुललको बढी प्रयोग हुने गर्दछ ।।

बजारमा अहिले विभिन्न किसीमका तरुल एक सय देखी २ सय ५० सम्ममा विक्री भईरहेको छ । तर बजारमा खुद्रा व्यापारीले मनोमानी मूल्य निर्धारण गरेकाछन् । यसै पनि चाडवाडमा मूल्यबृद्धि हुने गर्दछ । यसको प्रत्यक्ष असर उपभोक्ताले वेहोर्नु परिरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie