तत्काल अबस्थामा सवारी सञ्चालन गर्न सकिदैन: यातायात व्यवसायी

काठमाडौ । यातायात व्यवसायी र मजदुरहरुले अहिलेको अवस्थामा सवारी सञ्चालन गर्न नसकिने स्पष्ट पारेका छन् । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसंग सिंहदरबारमा छलफल गर्दै नेपाल यातायात व्यवसायी महासंघ, तीन वटा मजदुर संघले यातायात सञ्चालनका लागि सहज वातावरण नभएको भन्दै अहिलेको अवस्थामा सवारी सञ्चालन गर्न नसकिने स्पष्ट पारेका हुन् । उनीहरुले बैकमा ऋण तिर्न नसक्ने अवस्था रहेकाले कर्जामा सरकारले बिचार गर्नुपर्ने लगायतका बिषय सम्बोधन हुनुपर्ने माग अघि सारेका छन ।

छलफलमा यातायात मन्त्री नेम्वाङले व्यवसायीहरुले यातायात खुल्ला गर्नुपर्यो भनेका कारण नै सरकारले यसलाई खुल्ला गरेको बताए । उनले व्यवसायी र मजदुरको समस्या समाधान गर्न सरकार तयार रहेको पनि जानकारी गराए ।

व्यवसायी तथा मजदुर संघहरुले आफूहरुले राखेको आधारभूत माग पूरा नभए बस सञ्चालन गर्न नसकिने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि ५० प्रतिशत बढी भाडा लिएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर सार्वजनिक यातायात भने सञ्चालन हुन सकेका छ्रैनन् ।

तपाईको प्रतिक्रिया

Techie