डडेल्धुरामा स्थानीय समुहद्धारा महिलामाथि निर्धात कुटपिट

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउपालिका चार सुवाकोटकी २३ बर्षीया सुशीला बिष्टमाथि स्थानीय महिला तथा पुरुषहरुको समुहले निर्धात कुटपिट गरेका छन । असोज २१ गते सामान्य बिबादमा स्थानीय मनिषा बिष्ट लगायतको समूहले आफुमाथि आक्रमण गरेको विष्टले बताइन । स्थानीयले गोबर समेत ख्वाएको पीडितको आरोप छ । कुटपिटबाट घाइते विष्टको अहिले धनगढीस्थित सिपी अस्पतालमा उपचार भैरहेको छ । विस्टको घरमा सो समूहले तोडफोड समेत गरेको छ । घटनाबारे प्रहरी चौकी सकायलमा उजुरी दिएपनि कारवाही प्रक्रिया अघि नबढेको पीडित महिलाको गुनासो छ । अझै पनि धम्की आइरहेकाले आफु घर फर्किन नसकेको उनको भनाइ छ । पिडीत बिष्टका ससुरा जयबहादुर बिष्टले बिना कारण आफनो घर तोडफोड गरि कुटपिट गर्ने लाई हदै सम्मको कारबाही गरि आफुलाई न्याय दिन माग गरेका छन । पिडीत बिष्टका श्रीमान रोजगारीका लागी मलेसियामा रहेका छन । सकायल प्रहरी चौकी ईन्चार्ज बिर बहादुर एैरले हालसम्म उजुरी दर्ता नभएको र दर्ता भएपछि कारवाही प्रक्रिया अघि बढने बताएका छन ।

तपाईको प्रतिक्रिया

Techie