ठोरीमा प्रहरी र हतियारधारी समूह बिच भिडन्त

पर्सा । पर्साको ठोरीमा प्रहरी र हतियारधारी समूह बिच गएराति भिडन्त भएको छ । ठोरी गाउँपालिका बडा नम्बर चार बिजय बस्ती नजिक लागूऔषध तस्कर र प्रहरी विच झडप भएको हो । तस्कर समूहले केही राउण्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको छ । सो क्रममा तस्करीमा सग्लन चार जना पक्राउ परेका छन । पक्राउ पर्ने सबै ठोरीका रहेका छन । उनीहरुको साथवाट प्रहरीले चार राउन्ड गोलि र एकथान भरुवा बन्दुक बरामद भएको छ । तस्करबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie