ठाँटीकाँध गाउँपालिकामा १६ जना कोरोना पोजिटिभ भेटिएपछि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी

दैलेख:  दैलेखको ठाँटीकाँध गाउँपालिकामा १६ जना कोरोना पोजिटिभ भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सो गाउँपालिकाभित्र कोरोना भाइरसको समुदायस्तरमा परीक्षण सुरु भएपछि ७३ वटा स्वाव संकलन गरिएको मध्ये वुधवार १६ जना कोरोना पोजिटिभ भेटिएपछि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रारम्भिक रिपोर्टमा स्थानीयमा संक्रमण भेटिएपछि थप सजगता अपनाउँदै स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरिएको वुझिएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलद्धारा हस्ताक्षरित सुचनामा कोरोना संक्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्ने सवै नाकाहरु वन्द गरी पुर्वमा रामाघाट खोला पश्चिममा स्याउलेकाँध उत्तरमा भर्तालेक र दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेटघाट, जमघट, भिडभाड र आवतजावत नगर्न नगराउन विहिवार १२ वजदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ । साथै सुचनामा आदेश उल्लघंन गर्ने व्यक्तिलाई प्रचलित कानुन वमोजिम कारवाही गरीने वताईएको छ ।

तपाईको प्रतिक्रिया

Techie