ट्राफिक प्रहरीको नागरिकमैत्री सेवा कार्यक्रम शुरु

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ । महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको जनाएको छ । ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री सेवा प्रदान गरिने महाशाखाले जनाएको छ ।
नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले “नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७” पनि लागु गरेको छ । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ट्राफिक कर्मचारीलाई पुरस्कृत पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie