ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको प्रतिवेदन सरकारलाई अमान्य

काठमाडौ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई खारेज गरेको बताएको छ । सरकारले प्रतिवेदन आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको भन्दै यसलाई खारेज गरेको बताएको हो । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री पार्वत गुरुङले सरकारविरुद्ध मिसनको रुपमा प्रतिवेदन तयार पारिएको आरोप लगाए । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख राजनीतिक व्यक्ति भएकोले पनि यो प्रतिवेदनलाई खारेज गरिएको गुरुङको भनाइ छ ।
मन्त्री गुरुङले देशका विभिन्न भागमा केही दिन यता भइरहेको राजावादीहरुको प्रदर्शनतर्फ लक्षित गर्दै त्यस्तो गतिविधिमा संलग्न नहुन जनता, नागरिक समाज, राजनीतिक दल सबैलाई आग्रह पनि गरेका छन् ।
राजसंस्था समर्थकहरुले केही दिनयता आफ्ना गतिविधिहरुलाई देशव्यापी बनाएका बेला सरकारको यस्तो प्रतिक्रिया आएको हो ।

तपाईको प्रतिक्रिया

Techie