ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

एजेन्सी : कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज कुराकानी भएको छ । दुई शक्तिशाली मुलुकका प्रमुखबीच कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भएर टेलिफोनमा कुराकानी भएको छ ।

चिनियाँ सरकारी टेलिभिजनले जी ट्वान्टी मुलुकबीचको भिडियो कन्फरेन्सपछि दुई नेताबीच कुराकानी भएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि कोरोना रोकथामका विषयमा विस्तृत कुराकानी भएको ट्वीटमार्फत जानकारी दिएका छन् ।

ट्रम्पले चीनले अहिलेसम्म कोरोना भाइरसबारे गहिरो अनुभव हासिक गरेरकाले सँगसँगै काम गरिरहेको पनि ट्रम्पले ट्विटरमा उल्लेख गरेका छन । दुई वर्षदेखि व्यापार युद्धमा रहेका अमेरिका र चीनबीच पछिल्लो पटक कोरोना भाइरसबारे गम्भीर मतभेद देखिएको थियो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई ट्रम्पलेले चिनियाँ भाइरस भनेपछि विवाद थप चुलिएको थियो ।

यसअघि भिडिओ कन्फरेन्समा चिनियाँ राष्ट्रपति सीले कोरोनाको संक्रमण रोक्न विश्वव्यापी सहकार्य हुनुपर्ने आवश्यकता औल्याएका छन । उनले अर्थतन्त्रलाई गति दिन कार्यक्रम ल्याउनु पर्ने र अमेरिकाले भाइरससँग जोडेर चीनलाई बदनाम गर्ने काम रोक्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

Techie