ट्रम्पलाई अर्को धक्का : पेन्सिलभेनिया राज्यको अदालत गुहार्न पुगेका ट्रम्पको मुद्दा खारेज

एजेन्सी : निर्वाचन परिणाम स्वीकार नगरेका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ । जो बाइडेनको जितविरुद्ध पेन्सिलभेनिया राज्यको अदालत गुहार्न पुगेका ट्रम्पको मुद्दा अदालतले खारेज गरिदिएको हो ।

अदालतले ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा खारेज गरेको हो । न्यायाधीश म्याथ्यू ब्रानले बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभेनियामा ट्रम्पले हालेको मुद्दा खारेज गरेका हुन् । न्यायाधीश ब्रान लामो समयदेखि रिपब्लिकन समर्थक रहेको बताइएको छ ।

उता नवनिर्वाचित राष्ट्रपति जो बाइडेन जनवरी २० मा सत्ता सम्हाल्ने तयारीमा जुटेका छन । तर ट्रम्प प्रशासनले राष्ट्रपतिको संक्रमणकालीन प्रकृयामा अझै बाइडेनलाई प्रवेश गराएको छैन । उनले यस अवधिमा पाउनुपर्ने अफिस तथा ब्रिफिङ केही पनि पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२८ असार २०७७, आईतवार १७:२१ २८ असार २०७७, आईतवार १७:२१

काठमाडौं : अवैध…

१ आश्विन २०७७, बिहीबार ०७:२२ १ आश्विन २०७७, बिहीबार ०७:२२

काठमाडौं : आश्विन…

२७ श्रावण २०७७, मंगलवार ०७:५१ २७ श्रावण २०७७, मंगलवार ०७:५१

डोटी : डोटीको आदर्श…

Techie