ट्रम्पमाथि आयकर नतिरेको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको खबर द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको हो ।

उनले राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय आय कर ७ सय ५० डलर मात्रै तिरेको देखिएको हो । ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले जनाएको छ ।

तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको न्यूयोर्क टाइम्सको दावी छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा समान ७ सय ५० अमेरिकी डलर कर तिरेका थिए । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको हो ।

ट्रम्पले भने न्यूर्योक टाइम्सको कर छलि सम्बन्धी खबरलाई मित्थ्या खबर भन्दै खारेज गरेका छन् । उनले आफुले नियम अनुसार कर तिरेको दावी पनि गरेका छन् । ट्रम्प अर्गनाइजेशनले पनि न्यूयोर्क टाइम्सको दावी झुट भएको बताएको छ ।

तपाईको प्रतिक्रिया

Techie