ट्रम्पमाथिको महाअभियाग प्रस्ताव माथिल्लो सदनमा अघि बढाउने तयारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र माथिल्लो संसद सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव सिनेटमा अघि बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोगसम्बन्धी जानकारी सिनेटमा नेपाली समय अनुसार अनुसार आज पठाइने छ । सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने छन् । उनीहरुले दुई तिहाई बहुमतबाट राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन सक्नेछन् ।

यस महाभियोग प्रस्तावमाथिको समग्र प्रक्रियाको नेतृत्व अमेरिकाका प्रधानन्यायाधीशले गर्ने कानुनी प्रावधान छ । यसै साताको बिहीबार अथवा शुक्रबारसम्ममा अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टले सिनेटमा हुने महाभियोग प्रक्रियाको अध्यक्षताका लागि सपथ लिने कार्यक्रम छ ।

महाभियोगका सम्पूर्ण प्रक्रिया पूरा गर्दा आगामी फेब्रुअरी महिनाको अन्त्यसम्ममा लाग्ने बताइएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा महाभियोग प्रस्तावको पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो ।

तपाईको प्रतिक्रिया

Techie