ट्रम्पको सम्पूर्ण वित्तीय विवरणको खोजी

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण वित्तिय विवरण अनुसन्धानकर्तालाई बुझाउनुपर्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले कर तथा अरु वित्तिय विवरण न्यूयोर्कका अनुसन्धानकर्तालाई बुझाउन ट्रम्पलाई आदेश दिएको हो । उनैले मनोनित गरेका तीन न्यायाधीश भएको सर्वोच्च अदालतले करसहितका वित्तिय विवरण अनुसन्धानकर्तालाई बुझाउन आदेश दिएको हो । सर्वोच्च आदेश लगत्तै ट्रम्पले वक्तव्य जारी गरेर आलोचना गरेका छन । ट्रम्पले अनुसन्धानकर्तालाई आफ्नो कर तथा अरु वित्तिय विवरण बुझाउन अस्वीकार गर्दै आएका थिए । तल्ला अदालतले आफू अनुकुल आदेश नदिएपछि सर्वोच्च पुगेका ट्रम्प त्यहाँ पनि विफल भएका हुन । न्यूर्योकको म्यानहटनका अनुसन्धानकर्ताले करछली तथा अरु वित्तिय अपराध भएको हुन सक्ने आशंकामा भएको छानविनका क्रममा कागजात माग गरेक हुन । ट्रम्पले आफ्नो करसहितका वित्तिय विवरण सार्वजनिक गर्न विगत धेरै वर्षदेखि अस्वीकार गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

Techie