ट्रम्पका पूर्व सल्लाहकारलाई ४० महिना जेल सजाय

एजेन्सी : अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकारलाई चालिस महिना जेल सजाय सुनाएको छ । ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोनलाई जेलसँगै २० हजार डलर जरिवानाको सजाय पनि भएको छ । गत नोभेम्बरमा अमेरिकी संसदमा सात पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्‍याएको भन्दै उनलाई जेल सजाय भएको हो ।

उनले विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पनि अदालतले पुष्टि गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्ना सहयोगीलाई माफी दिने संकेत गरेका छन । स्टोनले लगातार आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाइरहेका छन् ।

स्टोनले सन् २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । ६७ वर्षीय स्टोनलाई गएको हप्ता राष्ट्रपति ट्रम्पले सल्लाहकारबाट हटाएका थिए । यसअघि पनि विभिन्न विवादमा मुछिदा स्टोनलाई ट्रम्पले जोगाउदै आएका थिए ।

तपाईको प्रतिक्रिया

Techie