टोकियो ओलम्पिक : गौरिका सिंहले आज प्रतिस्पर्धा गर्ने

काठमाडौँ- नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्य शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् ।

गौरिकाको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे रहेको छ । गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् । गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ ।

एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie