टर्कीमा विमान दुर्घटना हुँदा १ जनाको मृत्यु

टर्की : टर्कीमा अवतरणको क्रममा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५० जना यात्रु घाइते भएका छन् । इज्मिर प्रान्तको साबिहा गोक्सेन विमानस्थलमा अवतरणको क्रममा बोइङ विमान धावनमार्गबाट बाहिर गएर दुर्घटनामा परेको हो ।

विमानमा रहेका अधिकांश यात्रु टर्किस नागरिक रहेको बताइएको छ । विमानमा झण्डै २० जना भने विदेशी रहेको उल्लेख गरिएको छ । खराब मौसमका कारण विमान धावनमार्ग भन्दा करिव पचास मिटर बाहिर गएर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेको विमानमा १ सय ७१ यात्रु र चालक दलका ६ सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया

Techie