टर्कीमा लागू गरिएको लकडाउन कार्यान्वयन भएन, गृहमन्त्रीद्वारा राजीनामाको घोषणा

एजेन्सी : कोरोना भाइरस रोकथामका लागि प्रभावकारी काम गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् । गृहमन्त्री सुलेमान राष्ट्रपति रेजेप तैयप एर्डोगानका नजिकका नेता मानिन्छन् ।

कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्नयन गर्न नसकेपछि उनले राजीनामा दिएका हुन । टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएपनि मानिसहरुले त्यसको पालना गरेका छैनन् ।

अचानक कफ्र्यू लगाइएको भन्दै विपक्षी नेताले समेत सरकारको आलोचना गरेका छन । सरकारले खाद्यान्न लगायतका सामाग्री घरमै आपूर्ति गर्ने घोषणा गरेपनि मानिसहरु दैनिक उपभोग्य सामग्री पाइने पसलमा पुगेका थिए ।

लकडाउन पुर्ण कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना सुरु भएपछि गृहमन्त्री सुलेमानले सो परिस्थितिको जिम्मेबार आफू रहेको बताउँदै ट्विटरबाटै राजीनामाको घोाषणा गरेका हुन् ।

नागरिकको सुरक्षा र संक्रमण रोक्नका लागि कदम चालेपनि त्यसको पालना नभएको सुलेमानीको भनाइ छ । राष्ट्रपति एड्रोगानले गृहमन्त्रीको राजीनामा स्वीकार गरेका छैनन् । उनले सुलेमान आफ्नो पदमा रहिरहने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie