झापा-मोरङखण्ड निर्माणमा ठेकेदारले नै विद्युत चोरेर काम गर्दै

मोरङ : हुलाकी राजमार्ग अन्तर्गतको झापा-मोरङखण्ड निर्माणमा ठेकेदारले चोरीको विद्युत प्रयोग गरेको फेला परेको छ । रतुवामाई नगरपालिका पाँच स्थित परोपकार स्वर्गद्वारी घाटबाट गजुरमुखी जेभीले विद्युत चोरी गरेर कल्भर्ट बनाइरहेको फेला परेको हो ।

कल्भर्ट निर्माणका लागि खाल्डोमा जमेको पानी फ्याक्न विद्युत चोरेर विद्युत मोटर चलाएको फेला परेको हो ।

परोपकार स्वर्गद्वाराी घाट व्यवस्थापन समितिका अध्यक्ष कमल घिमिरेले चोरीको विद्युत प्रयोग नगर्न आग्रह गरेपनि बेवास्ता गरेको बताए ।

विद्युत चोरी भएको खुलेपछि प्राधिकरणले पानी तान्ने मोटर, पाँच सय मिटर तार लगायतका सामाग्री नियन्त्रणमा लिएको छ ।

विद्युत प्राधिकरण रंगेलीले ठेकेदार कम्पनीलाई ५ देखि ७ हजार रुपैयाँसम्म जरिवाना तिराउने तयारी गरेको छ । रतुवामाई देखि सुनवर्सिको भित्र कोे सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभिले ७७ करोड ६७ ला ६५ हजारमा पाएको हो ।

तपाईको प्रतिक्रिया

Techie