झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं : झापाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भइसकेका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie